नेपालको एसिसी महिला प्रिमियर कपमा विजयी सुरुवात
काठमाडाैं | माघ २७, २०८०
काठमाडौं: नेपालले मलेसियामा जारी एसिसी महिला प्रिमियर कपमा विजयी सुरुवात गरेको छ । मलेसियाको सलान्गर ट्रफ मैदानमा शनिबार भएको आफ्नो पहिलो खेलमा नेपालले हङकङलाई आठ विकेटले पराजित गरेको हो ।
जितका लागि हङकङले प्रस्तुत गरेको ९४ रनको लक्ष्य नेपालले १४.१ ओभरमा दुई विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ४० रन बनाईन् ।
उनले ३३ बलमा तीन चौका र एक छक्काको मद्दतमा उक्त रन बनाएकी हुन् । यस्तै सीता रानामगरले अविजित ३६ र ओपनर कविता कुँवरले चार रन बनाईन् । बलिङमा हङकङ इक्रा सहर र चान बेट्टीले एक एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएकको हङकङले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा ९३ रन बनाएको थियो । हङकङका लागि कप्तान चान का यिङ केरीले सर्वाधिक २१ रन, मार्यम बिबीले १९, यम्सिन दास्वनीले १५ र ओपनर नातशा मिलेसले ११ रन बनाईन् ।
बलिङमा नेपालका पूजा महतो र रुविना क्षेत्रीले दुई दुई विकेट लिईन् । कविता जोशी र सिता रानामगरले एक एक विकेट लिए । नेपालले दोस्रो खेल आइतबार भुटानसँग खेल्नेछ ।
काठमाडौं: ‘घरज्वाइँ’ फेम्ड निर्देशक अनिल बुढामगरको दोस्रो कथानक फिल्म ‘मीतज्यू’ को निर्माण सुरु भएको छ । शनिबारदेखि फिल्मको अभिनय कार्यशाला सुरु भएको छ । कार्...
काठमाडौं: मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले भोलि संयुक्त आन्दोलन गर्ने घोषणा गरेको छ। आइतबार पत्रकार सम्मेलन गर्दै जेनजी समूहले सडकमा रहेका सबै जेनजी अभियन्ता,घाइते तथा सहिद परिवारलाई समेटे...
पोखरा: तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसारको अवसरमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८/९ स्थित घलेलमा २७ औं घलेल ल्होछार उत्सव हुने भएको छ । बौद्ध सृजना युवा क्लबको आयोजनामा आगामी ...

